राप्रपाको नयाँ नेतृत्वका लागि मतदान चल्दै

राप्रपाको नयाँ नेतृत्वका लागि मतदान चल्दै

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेको छ । काठमाण्डौको भृकुटीमण्डपमा दिउँसो १२ बजेदेखि मतदान सुरु भएको हो।

बिहान आठ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका भए पनि ढिलाइ भएको थियो । बेलुका ५ बजेसम्म मतदान हुनेछ । मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनको व्यवस्था छ।

८६ वटा मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाएको राप्रपाले जनाएको छ । अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ ।

झण्डै दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलो पटक महाधिवेशन भैरहेको हो । महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मिति : शनिबार, मंसिर १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij