बैतडी – बैतडीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
दुर्घटनामा पाटन नगरपालिका–१ सकारका ओमप्रकाश भट्टराई, जानकी भट्टराई, दीपक भट्टराई, मानध्वज भट्टराई, विष्णु भट्टराई र गोविन्द विक घाइते भएका छन् ।
मृतक र घाइते सबैलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । जीपमा चालकसहित ११ जना सवार रहेका प्रहरीले जनाएको छ । जीप सडकबाट १०० मिटर तल खसेको थियो । चालक पाटन– ५ वसन्तरपुरका खेमराज पाण्डेय फरार छन् । कच्ची र भिरालो सडकका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : सोमबार, मंसिर २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्