काठमाडौँ – नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापतिको उम्मेदवार छान्न केन्द्रीय सदस्यसँग छलफल गर्दैछ । आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय गर्न पौडेलले आज फेरि बैठक राखेका हुन् ।
सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो । दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने उनीहरूबीच समझदारी बनेको थियो ।
सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन बैठक राखिएको हो । बैठक नेता सिंह निवास ठमेलस्थित चाक्सीबारीमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्