स्थलको अभाव र कोरोना माहामारीको आतङकले बुटवलको खाना मर्होत्सव २ वर्ष देखि अवरुद्ध

स्थलको अभाव र कोरोना माहामारीको आतङकले बुटवलको खाना मर्होत्सव २ वर्ष देखि अवरुद्ध

बुटवल -प्रदर्शनी स्थलको अभाव र कोरोना माहामारीको आतङकका कारण विगत दुई वर्षदेखि बुटवलमा सडक खाना महोत्सव हुन सकेको छैन । जसका कारण यस क्षेत्रको पर्यटन व्यवसायमा फस्टाउनमा बाधा अडचन थपिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आन्त्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण पाटोको रुपमा लिदै आएको सडक खाना मर्होत्सव विगत २ वषर््ादेखि संचालन गर्नका लािग कोरोना नै वाधक वनेको बताएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले सडकमै खाऔं सडकमै रमाऔ भन्ने मुल नाराका साथ विसं २०७५ सालमा अग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गदै आएको सडक खाना मर्होत्सव नियमित रुपमा २ वर्ष संचालन गरेकोमा विसं २०७७ सालदेखि विश्वभर फैलिएको कोभिड १९ का कारण संचालन गर्न प्रतिवन्द्ध भएकोमा यस वर्ष पनि संचालन नहुने भएको छ । सडक खाना मर्होत्सव आयोजनागर्ने स्थल बुटवलको कालिका पथ सडक स्तरोउन्तीको क्रममा रहेकाले मर्होत्सव आयोजना गर्ने स्थान अभावले समस्या पारेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।
कोरोनाको कहर संगै स्थान अभावले गर्दा यस क्षेत्रको पर्यटन प्रवद्धनमा बाधा पुराएको भन्दै सडक निमार्ण सम्पन्न हुदासाथ नेपाली नयाँ वर्षमा भए पनि खाना मर्होत्सव आयोजना गरिने अध्यक्ष गौतमले बताउनु भयो ।
आन्तरिक पर्यटन प्रवद्र्धनको गतिलो माध्यमका रुपमा लिईएको सडक खाना मर्होत्सवलाई निरन्त्रता दिन र प्राथमिकतामा राख्नका लागि स्थानिय तह र प्रदेश सरकारले वार्षिक रुपमा वजेटको व्यवस्था गर्न पनि अध्यक्षले माग गर्नु भएको छ ।
शुरुको दुई वर्ष निकै उत्साहाका साथ मनाईएको सडक खाना मर्होत्सवमा दर्शक तथा सहभागिहरुको निक्कै नै माया पाएको भए पनि कोरोनाको कहरले थला परेको पर्यटन व्यवसायलाई चलायमान वनाउनका लागी संचालन गर्ने सोचमा अगाडी बढेको संघलाई यस वर्ष पहिला गदै आएको स्थलको सडक निर्माणको चरणमा रहेकाले समस्या भएको कारण आयोजनामा कठिन्यायी भएको संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारीले औल्याउनु भयो ।
बुटवलको खाना मर्होत्सव यस क्षेत्रकै पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण पाटोको रुपमा लिईएको भएतापनि विश्वभरी माहामारीका रुपमा आएको कोरोनाको कहर नै व्यवसायीको व्यवसाय फष्टाउन नदिनका लागि कारक वनेको छ । विसं २०७६ सालमा आयोजना गरिएको दोस्रो खाना महोत्सवको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्नु भएको थियो ।

 

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij