काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । भोलि अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा सबै दलका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाइएको छ ।
बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । हाल एमसीसी सम्झौताका बारेमा विवाद छ । भने एमालेको अवरोधका कारण संसदको काम पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन् ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेकपाा एमालेले लगातार अवरोध गरिरहेको र सरकारले एमसीसी सम्झौता संसदमा लैजाने तयारी गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रकाशित मिति : शनिबार, पुष ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्