सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

सर्वदलीय बैठक बिना निष्कर्ष टुंगियो

काठमाडौं – संसदको अवरोध हटाउन र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेबाहेकका दलहरुको बैठकमा सत्तारुढ दलहरुभित्रै फरक मत आएपछि संसदको अवरोध हटाउने र एमसीसीबारे दलहरुबीच साझा धारणा तय हुन नसकेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले समेत एमसीसी संशोधन विना अगाडि बनाउन नसक्ने धारणा राखेपछि बैठक विना निष्कर्ष सकिएको नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले जानकारी दिए ।

उनले जनमोर्चा र राप्रपाले पनि एमसीसी अगाडि बढाउने अवस्थामा नरहेको धारणा राख्नु भएको बताए । नेता सुवालले एमसीसीका विभिन्न बूँदा नेपालको स्वतन्त्रतामाथि नै धावा बोल्ने खालको भएको हुँदा त्यसलाई खारेज गर्नुपर्ने पार्टीको अडान आफूले बैठकमा राखेको पनि स्पष्ट पारे ।

त्यसैगरी सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीबारे बैठकमा गहन छलफल भएको र त्यसबारे थप छलफल गरेर अघि बढने सहमति बैठकमा गरिएको बताए ।

बैठकले सत्तारुढ दलहरुले संवादको माध्यामबाट प्रतिपक्षले उठाएको विषय सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै संसद बैठक सूचारु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग आग्रह समेत गरेको छ ।

कांग्रेस नेता समेत रहेका सरकारका प्रवक्ता कार्कीले लामो समयसम्म संसद् बन्धक बनाउन नमिल्ने उल्लेख गर्दै सत्तारुढ दलहरुले प्रमुख प्रतिपक्ष एमालेलाई सो अवरोध हटाउन आग्रह गरेको जानकारी दिएका हुन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका नेता सुवालले प्रतिपक्षले अवरोध गरिरहेको बेला संसद् स्थगित गर्नुपर्ने माग राखेका थिए ।

प्रकाशित मिति : आइतबार, पुष ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij