काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीलाई राजनीतिक दलको चुनावमा भाग लिए कारबाही गर्ने चेतावनी दिएको छ ।
त्रिविको कर्मचारी प्रकाशन महाशाखाले विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै विभागीय कारबाहीको चेतावनी दिएको हो ।
महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० की नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
कुनै दलबाट उम्मेदवार बन्न चाहेमा मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि नै राजनीनामा दिइसकेको हुनुपर्ने नियममा व्यवस्था छ ।
प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्