मालिका बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान

मालिका बचत तथा ऋण सहकारी संस्थाद्धारा रक्तदान

बुटवल-बुटवलमा रहेको मालिका बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । सहकारीले १४ औं वार्षिकोत्सबको अवसरमा रक्तदान कार्यक्रमको आयोजन गरेको हो । स्थापना कालदेखि नै सहकारीले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीका अध्यक्ष चित्र बहादुर बर्माले बताउनुभयो । यस्तै अहिलेसम्म १६ औं पटक रक्तदान कार्यक्रम सहकारीले सञ्चालन गरिसकेको उँहाले बताउनुभयो । सहकारीका उपाध्यक्ष कपिल ज्ञवालीले सामाजिक कार्य अन्तरगत सहकारीले प्रत्येक वर्ष रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख डा. तारा प्रसाद उपाध्यायले सहकारीले आर्थिक कारोबारसँगै सामाजिक काममा पनि जोड दिन आवश्यकता रहेको बताउनुभयो । सहकारीले स्थापना दिवसमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । रक्तदान कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा सहकारीका सचिब शोभा पौडेल , कोषाध्य बिमलराल घिमिरे , न्यु होराईजन विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्याय , नविन औद्योगिक कदर बहादर रिता माविका प्रधानध्यापक प्रेम बहादुर बस्नेत , सहकारीका पुर्व अध्यक्ष सूर्य सुवेदी सहकारीका रामराज लामिछाने, शेरबहादुर बस्नेत ,अर्जुन कुवर , लोकराज पोख्रेल, ब्लड बैंकका प्राविधिक राधा शर्मा लगायतले रगतदानको महत्वका विषयमा चर्चा गरेका थिए । सहकारीमा ११सय शेयर सदस्य रहेका छन ।

प्रकाशित मिति : बिहिबार, पुष ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij