काठमाडौँ – नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पाँचवटा निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पहिलो बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
त्यस्तै, पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने, राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने र निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने तथा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि गरेको महामन्त्री थापाले जानकारी दिए ।
१४ औं महाधिवेशनबाट निर्वाचित १३४ सदस्यीय केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यले शनिबार नै प्रमाण पत्र बुझेका थिए ।
प्रकाशित मिति : शनिबार, पुष १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्