एमसीसी राष्ट्रघाती होइन‚ सहमति जुटाएर पास गर्छौँ : प्रधान मन्त्री देउवा

एमसीसी राष्ट्रघाती होइन‚ सहमति जुटाएर पास गर्छौँ : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी परियोजना देशको हितमा रहेको भन्दै सहमति जुटाएर यसलाई पास गराउने बताएका छन् ।

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रधान मन्त्री देउवाले एमसीसी देशको हितमा भएको दाबी गर्दै यसलाई पास गराउने बताएका हुन् ।

उनले एमसीसीलाई राष्ट्रघाती भन्नेहरूले त्यो परियोजना नपढेको दाबी पनि गरे । ‘एमसीसी राष्ट्रघाती भन्नेले पढ्नुपर्‍यो । खै‚ मैले पढ्दा त कतै राष्ट्रघात देखेको छैन । म पनि देशको प्रधानमन्त्री हुँ‚ नेपालको खिलाफमा जाउँला म ? मैले किन गरूँला राष्ट्रघाती सन्धि ? म पनि त देशका लागि लडेको हुँ‚’ देउवाले भने ।

एमसीसी देशको हितमा भएको भन्दै उनले भने‚ ‘सित्तैमा आएको पैसा हो । एडीबी, विश्ववको पैसा हामी ऋण लिन्छौँ‚ उसको अन्तरराष्ट्रिय कानुनबमोजिमको शर्त मान्छौँ तर एमसीसी सित्तैमा आएको पैसा हो । उसले नेपालको कानुन मान्छु भनेको छ‚ तैपनि मान्दिन भन्छ । राम्रोसँग बुझ्नुपर्‍यो क्या ।’

प्रधान मन्त्री देउवाले यस विषयमा व्यापक छलफल गरेर सहमतिमा पुगेर आफूहरूले एमसीसी पास गराउने दाबी गरे ।

प्रकाशित मिति : आइतबार, पुष ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij