माओवादीको महाधिवेशनमा आज उम्मेद्‌वारी दर्तासँगै मतदान गर्ने कार्यसूची

माओवादीको महाधिवेशनमा आज उम्मेद्‌वारी दर्तासँगै मतदान गर्ने कार्यसूची

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । तीन दिनअघि नै महाधिवेशनको टुंगो लाग्ने भनिए पनि एकपछि अर्को दिन गर्दै महाधिवेशन लम्बिदै गएको छ ।

बन्दसत्रमा आज उम्मेदवारी दर्तासँगै मतदान पनि गरिने कार्यसूची छ । जारी महाधिवेशका क्रममा संशोधन गरिएको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ देखि साढे ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता सूची ३ बजेर ४० मिनेटमा प्रकाशन हुनेछ । अपराह्न ४ बजे उम्मेदवारको विरोधमा उजुरी, ४ बजेर ४० मिनेट जाँदा उम्मेदवारको नामावली पुनः प्रकाशन, साँझ साढे ५ बजे उम्मेदवारी फिर्ता र साँझ पौने ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।

यस्तै साँझ ६ बजेर २५ मिनेटदेखि १० बजेर २५ मिनेटसम्म नेतृत्व चयनका लागि मतदान हुने माओवादी केन्द्र निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : आइतबार, पुष १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij