काठमाडौं – राष्ट्रिय सभाका रिक्त १९ सदस्यका लागि उम्मेद्वारको मनोनयनपत्र दर्ता सुरु भएको छ । सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि आज (मंगलबार) बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।
निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने छन् । आयोगले यही पुस २५ गते उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।
सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन् ।
प्रकाशित मिति : मंगलबार, पुष २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्