युनियनको जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७७ नेपाललाई

युनियनको जिपी कोईराला स्मृति पत्रकारिता पुरस्कार २०७७ नेपाललाई

बुटवल- नेपाल प्रेस युनियन रुपन्देहीले प्रदान गर्दै आएको जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार पत्रकार माधव नेपाललाई प्रदान गर्ने भएको छ । युनियनले आफ्ना सल्लाहकार तथा संस्थापक सचिव,पुर्व केन्द्रिय सदस्य, बिबिसी नेपाली सेवामा कार्यरत नेपाललाई जिपी कोईराला स्मृती पत्रकारिता पुरस्कार २०७७ बाट पुरस्कृत गर्ने भएको हो ।
युनियनको बिहीबार बसेको नियमित बैठकले नेपाललाई पुरस्कृत गर्ने निर्णय गरेको सभापति रेखा भुषालले जानकारी दिनुभयो । तीन दशकदेखि निरन्तर पत्रकारिता गर्दै आउनु भएका नेपाललाई युनियनले २५ हजार नगद राशि सहित पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारिता पुरस्कार छनोट समितिले नेपालको नाम प्रस्ताव गरेको र बिहीबारको नियमित बैठकले उक्त प्रस्तावलाई पारित गरि पुरस्कृत गर्ने निर्णय गरेको भुषालले जानकारी दिनुभयो । पुरस्कार छनोट समितिमा युनियनका पुर्व सभापती तथा सल्लाहकार खिमानन्द भट्टराई संयोजक तथा पुर्व सभापती तथा सल्लाहकार हरिष ढकाल र सभापति रेखा भुषाल सदस्य हुनुहुन्थियो । युनियनले एक कार्यक्रमको आयोजना गरी पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गर्ने जनाएको छ । पत्रकार नेपाल बुटवल एफएम र तिलोत्तमा राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक समेत हुनुहुन्छ । बैठकले पुरस्कार वितरण कार्यक्रम सम्पन्न गर्न युनियनका उपसभापति दिपक घिमिरेलाइ संयोजकको जिम्मेबारी दिएको छ । यस्तै सदस्यता नविकरण तथा विस्तारका लागि उपसभापति कविन्द्र नेपालको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत बनाइएको छ।

प्रकाशित मिति : बिहिबार, पुष २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij