बुटवलको प्लान बी क्लबमा भीषण आगलागी

बुटवलको प्लान बी क्लबमा भीषण आगलागी

बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर ९ स्थित मिलनचोकको एक क्लबमा भीषण आगलागी भएको छ । माघ १ गतेदेखि सञ्‍चालनमा आउने तयारीमा रहेको प्लान बी क्लबमा शुक्रबार दिउँसो १ बजेदेखि आगो लागेको प्रहरीले जनाएको छ। आगो अझै नियन्त्रणमा आएको छैन।

नियन्त्रणको प्रयास भएपनि आगलागी स्थलमा दमकल जाने बाटो नहुँदा समस्या भइरहेको छ । बुटवल उपमहानगरपालिका, सिद्धार्थ नगरपालिका भैरहवा, लुम्बिनी साँस्कृतिक नगरपालिका लुम्बिनी, तिलोत्तमा र सैनामैना नगरपालिकाका दमकलले आगो निभाउँदा पनि नियन्त्रण आएको छैन् । बाक्लो बस्ती र साँघुरो सडकले समस्या भएको छ ।

यसअघि बाटो फराकिलो बनाउन स्थानीयले माग गरेपनि जग्गाधनीले नदिँदा बाटो फराकिलो हुन सकेको छैन् । आगलागीबाट भएको क्षतिको एकिन विवरण अझै आएको छैन् । क्लब संचालन गर्नका लागि करिब ७ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

प्रकाशित मिति : शुक्रबार, पुष ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij