बुटवल- गएराती भएका सडक दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ।
योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ फोटोग्राफर र कला क्षेत्रमा कृयाशिल समेत हुन्। उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन्।
उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको भएपनि आज बिहान मात्रै मर्निङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए।उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो।
केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्ने उनका १ श्रीमती र १ सन्तान छन्। उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, माघ २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्