बुटवलमा कांग्रेसको प्रदेश कार्यालय स्थापना

बुटवलमा कांग्रेसको प्रदेश कार्यालय स्थापना

बुटवल– नेपाली कांग्रेसले प्रादेशिक संरचना बनेसँगै लुम्बिनी प्रदेशको पार्टी कार्यालय स्थापना गरेको छ । बुटवलको नयाँ गाउँमा कांग्रेसको प्रदेश पार्टी कार्यालय स्थापना गरिएको हो ।

पार्टीका प्रदेश सभापति अमरसिंह पुनले वैधिक विधिपूर्वक पूजा अर्चना गरेर कार्यालयको शुरुवात गरे। तर कार्यालयको औपचारिक शुभारम्भ भने केन्द्रीय नेताहरुको उपस्थितिमा गरिने प्रदेश सभापति पुनले बताए । २१ वटा कोठा र मिटिङ हलसहितको घरबाट अब पार्टीको प्रदेश गतिविधि अघि बढ्ने प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानाले बताए ।

अब दैनिक रुपमा प्रदेश कार्यालय खुला रहने र प्रदेश पदाधिकारीहरु सकेसम्म कार्यालयमा दिनको एकपटक पुग्ने गरी समय व्यवस्थापन गर्ने बताईएको छ । जिल्ला जिल्लावाट आउने कार्यकर्ताहरुका समस्या र गुनासाहरु सुन्नका लागि पनि कार्यालयमा पुग्ने सभापति पुनको दावी छ । उनले कार्यालयमा आफ्ना प्रतिष्पर्धी भरक कुमार शाहको पनि कार्यकक्ष रहने बताए । गत मंसिर १८ गते नेपाली कांग्रेसको प्रदेश अधिवेशन भएको थियो ।

प्रकाशित मिति : बिहिबार, माघ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij