कोरोना संक्रमणदर निरन्तर ओरालोः थप १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणदर निरन्तर ओरालोः थप १ हजार ३ सय ८६ जनामा संक्रमण पुष्टि

काठमाडौं ।
पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् ।
यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् ।

प्रकाशित मिति : आइतबार, माघ २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij