काठमाडौं ।
तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए।
गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आगलागी भएको प्रहरीले बताएको छ। आगो पहिलो तलाबट लागेको बताइएको छ। डिएसपी अर्यालका अनुसार केहीबेर अगाडि आगो नियन्त्रणमा आएको छ।तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरको दमकल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन्।
प्रकाशित मिति : शुक्रबार, माघ २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्