काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।
बैठकमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता गरिएको महाअभियोग प्रस्ताव, अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालगायत समसामयिक विषयमा छलफल गरिने बताइएको छ ।
कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधान न्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्