बुटवल-बुटवल उपमहानगरपालिका वडा नम्बर १७ को क्रियाशिल भेला आज शुक्रबार सम्पन्न भएको छ । काँग्रेसका क्रियाशिल सदस्यलाई लक्षित गरेको गरिएको वडा भेलामा बोल्ने वक्ताहरुले स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउने गरी सबैको सहकार्यमा काम गर्नुपर्ने भनाई राखेका थिए ।
मोतिपुर मा आयोजना गरिएको भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश ३ (ख) का सभापति घनश्याम चालिसे ले अब हामी स्थानीय चुनाव मा केन्द्रित भई संगठन लाई चुस्त दुरुस्त बनाउने र पार्टी लाई जिताउन अब एक हुनुपर्ने बताउनु भयो।उहाँले लोकतन्त्रको रक्षाका लागि पनि स्थानीय निकायको निर्वाचनमा पार्टीको जित सुनिश्चित हुने खालका अभियान संचालनमा गनुपर्ने बताउनुभयो ।
वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरेले स्थानीय चुनाव मा पार्टी लाई तयारी अबस्थामा राख्नको लागि यो भेला राखिएको बताउनुभयो ।
भेलामा पूर्व पार्टि सभापती ज्ञान बहादुर रेश्मी , पार्टि कोषाध्यक्ष टीका राम पाण्डे, पार्टी सदस्य नोक लाल गुरुङ ,क्षेत्रिय प्रतिनिधी फूलु सुनार,केसबराज पाण्डे, सुमित्रा शर्मा लगायतले बोल्दै आउदै गरेको चुनाव को निम्ति प्रचार प्रसार मा लाग्नुपर्ने बताए ।
भेलामा क्षेत्रिय प्रतिनिधि , नगर प्रतिनिधि क्रियाशिल सदस्य , टोल समिति सदस्यहरुकोलगायतका सहभागिता रहेको थियो । कार्यक्रमको संचालन वडा नम्बर १७ का सचिब कमल गुरुङको संचालन सम्पन्न भयो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्