कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषदको बैठक

कामु प्रधानन्यायाधीश कार्कीले बोलाए न्याय परिषदको बैठक

काठमाडौं – कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषदको बैठक बोलाएका छन् । उनले सर्वोच्च अदालतको नेतृत्व सम्हालेपछि पहिलोपटक परिषदको बैठक बोलाएका हुन् ।

परिषदमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुनेछन् ।

बुधबारको बैठकले विशेष अदालतमा रिक्त अध्यक्ष र सदस्य पदमा न्यायाधीश सिफारिस गर्ने परिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिए । पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहेका छन् ।

त्यस्तै परिषदले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेत गर्नेछ ।

प्रकाशित मिति : बुधबार, फाल्गुन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij