काठमाडाैँ – सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक शुरू भएकाे छ । ललितपुरमा शुक्रबार शुरू भएकाे बैठकमा विभिन्न १२ वटा एजेन्डाहरूमाथि छलफल भइरहेकाे छ ।
आजकाे बैठकले भने एमसीसीबारे निर्णय लिने नेताहरूले बताएका छन् । एक नेताले भने, ‘आज एमसीसीबारे निष्कर्षमा पुग्छाैँ । उपेन्द्र यादवजी गठबन्धनकाे बैठक सकेर आउनुभयाे र बैठक शुरू भएकाे छ । याे बैठकले एमसीसीबारे निर्णय लिन्छ ।’
गठबन्धन विभाजनउन्मुख हुँदासमेत जसपाले एमसीसीबारे साझा धारणा बनाएकाे छैन । यता माओवादी केन्द्र र एकीकृत समाजवादीले भने व्याख्यात्मक विश्लेषणसहित एमसीसी अनुमाेदन गर्ने भएका छन् ।
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्