बुटवल ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बनाएर भन्दा पनि पार्टी आफ्नौ तागतले चुनाव जाने बताएका छन् । बिहीबार प्रेस सेन्टरले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफ्नै एजेण्डा लिएर जनता जाने पार्टीको पहिलो प्राथमिकता रहेको बताए । त्यसपछि मात्रै गठबन्धन पार्टीको विकल्प हुने उनको भनाइ छ ।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आएका प्रचण्डले निर्वाचनको तयारीमा केन्द्रीय कमिटी लागेको पनि बताए । प्रचण्डले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि जानकारी दिए ।
प्रकाशित मिति : बिहिबार, चैत्र ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्