गठबन्धन बच्छ, तोकिएकै मितिमा स्थानीय निर्वाचन हुन्छ:गृहमन्त्री खाँण

गठबन्धन बच्छ, तोकिएकै मितिमा स्थानीय निर्वाचन हुन्छ:गृहमन्त्री खाँण

कपिलवस्तु

 नेपाल सरकारका गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले सरकार र पार्टी गठबन्धनको भावनाविपरित नजाने बताउनु भएको छ ।

कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा विहिबारदेखि सुरु भएको १२ औँ कपिलवस्तु महोत्सवलाई सम्बोधन गर्दै उहाँले गठबन्धनबाट बनेको वर्तमान सरकारले जनताको काम गर्दैे गठबन्धनको भावना मर्न नदिने प्रष्ट्याउनु भयो । उहाँले भन्नुभयो ‘अहिले पार्टी र सरकारले जनताको काम पनि गर्नु परेको छ । गठबन्धनको भावना पनि बचाउनु परेको छ । राजनीतिमा कहिले एक्लै हिंड्नु पर्दछ कहिले मिलेर जानु पर्दछ । काँग्रेसको काँधमा अहिले लिेर जानुपर्ने स्थिति रहेको छ ।’

ब्यवहार र सिद्धान्त दुवैलाई मिलाएर लैजान सक्नु नै कुशल राजनैतिक नेतृत्व रहेको बताउँदै उहाँले वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले सो भूमिका निर्वाहा गरेको दावी गर्नुभयो । शेर बहादुर बाहेकका नेतृत्वले ब्यवहार र सिद्धान्तलाई मिलाएर लैजान नसक्दा पार्टीमा समस्या सिर्जना भएको उहाँको भनाई छ ।

उहाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने पनि बताउनु भयो । सरकार र मन्त्रीहरुको ब्यस्तता अहिले आगामी निर्वाचन गराउने बातावरण बनाउने र आवहयक परे ऐन कानुन शंशोधन गर्ने लगायतको रहेको गृहमन्त्री खाँणले बताउनु भयो । सोही व्यस्तताकाबीच पनि कपिलवस्तु आउन पाएकोमा खुसी ब्यक्त गर्दै गृहमन्त्री खाँणले सबै मिलेर मुलुकको विकास गर्नु पर्ने बताउनु भयो । मंचबाट कोही राष्ट्रबादी र कोही अराष्ट्रबादी रहेको कुरा गरिअनु नराम्रो रहेको भन्दै मुलुकका सबै नेता र जनता राष्ट्रबादी नै रहेको बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij