सैनामैनाको एक सुनचाँदी पसलमा चोरीको प्रयास ,लुटेराद्धारा सञ्चालकमाथी हतौडी प्रहार

सैनामैनाको एक सुनचाँदी पसलमा चोरीको प्रयास ,लुटेराद्धारा सञ्चालकमाथी हतौडी प्रहार

बुटवल- रुपन्देहिको सैनामैना १ रानिबगीयामा अवस्थित।सान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा चोरी प्रयास भएको छ ।साँझ करिव ७ बजेको समयमा सुनचाँदी पसलमा  २ जनाकेा समुहमा आएका व्यक्तिले फलामको हतौडी (ह्म्बर)ले टाउँकोमा प्रहार गर्दा सुनचाँदी पसल सञ्चालक संचालक गणेस सुनार घाइते भएका छन् । घाइते सुनारको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको  छ ।उनको अवस्था सामान्य रहेको छ ।
चोरीमा संलग्न एक जना लाई स्थानिय र प्रहरीको सक्रियतामा पक्राउ गरिएको छ । लु ४८ प १२५६ नम्बर पेलेट भएको मोटरसाइलकामा आएका अज्ञात समुहले सो पसलबाट गरगहना लुटने दाउमा रहेको खुलेको छ ।प्रहरीले नियन्त्रणमा लिएको पुरुषको ब्यागबाट एक थान नक्कली पेस्तोल,धारिलो चक्कु,मोबाइल, पिलास बरामद गरेको इलाका प्रहरी कार्यालय रन्यौराका इन्सपेक्टर जीवन लामिछानेले जानकारी दिए ।इन्सपेक्टर  लामिछानेका अनुसार पक्राउ पर्ने कपिलबस्तु जिल्ला कृष्णनगर वडा न.३ बस्ने वर्ष ३८का अब्दुल्ला शाह रहेका छन् । ति लुटेराहरुले सुनियोजित रुपमा सुनचाँदी लुट्ने योजना रहेको बताउदै एसपि रेग्मीले फरार अर्का एक पुरुषको खोजीकार्य भइरहेको जानकारी दिए ।

 

 

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij