सिद्धार्थ नगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा

सिद्धार्थ नगरमा गठबन्धन गर्ने सत्तारुढ दलको घोषणा

 

भैरहवा

सत्ता गठबन्धनमा आबद्ध पाँच दलले रुपन्देहीको सिद्धार्थ नगर नगरपालीकामा स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडी बढ्ने घोषणा गरेका छन् ।

भैरहवामा बसेको गठबन्धनमा आवद्ध दलहरुको बैठकले चुनावी तालमेलको आवश्यकता ठहर गर्दै सो को लागी नगर र बडामा संयन्त्र गठन गरी बडातह सम्मनै तालमेल गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस नगरसभापति कोशीस बहादुर खड्काको सभापत्विमा बसेको सत्ता साझेदार दलहरु नेकपा समाजबादी, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा) र राष्ट्रि जनमोर्चाको नगर स्तरीय सयुक्त बैठकले चुुनावी संयन्त्र निमार्ण गरी छलफललाई थप अगाडी बढाउने निर्णय गरेको हो । बैठक पछि कांग्रेस नगर सभापति खड्का, नेकपा माओबादी केन्द्रका नगर ईन्चार्ज फैज अहमद खाँन, नेकपा एकीकृत समाजबादीका नगर अध्यक्ष रामबहादुुर बस्नेत, जसपाका नगर अध्यक्ष अर्जुुन जयसवाल र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष नेत्र आचार्यद्धारा जारी सयुुक्त बिज्ञप्तीमा गठबन्धनमा आवद्ध दलहरु बिच गठबन्धनको मर्म र भावना अनुुरुप एक आपसमा सम्मान र हार्दीकताको बिकास गर्दै लगी स्थानीय तहको निर्वाचनमा सयुुक्त रुपमा सहभागी हुुने उल्लेख छ । त्यस्तै सिद्धार्थ नगर नगरपालीकाका सवै बडामा समेत तालमेल गर्ने निर्णय भएको कांग्रेस नगर सचिव अनिल केसीले जानकारी दिए ।

प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij