कृषिमा लागत घटाउन र उत्पादन बढाउन मन्त्री शर्माकाे जाेड

कृषिमा लागत घटाउन र उत्पादन बढाउन मन्त्री शर्माकाे जाेड

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले कृषि उत्पादनमा लागत घटाउन र उत्पादन बढाउनमा जाेड दिनुभएकाे छ । उहाँले तीनै तहका सरकारले कृषिमा लगानी गरेपनि त्यसकाे प्रतिफल पाउन नसकेकाे बताउनु भयाे ।

नेपाल घरेलु तथा साना उद्याेग महासंघ बाकेकाे आयाेजना तथा रुपन्देहीकाे समन्वयमा आयाेजना गरिएकाे विकासका लागि सूचना तथा सञ्चार प्रविधि परीक्षण कार्यक्रममा बाेल्दै मन्त्री शर्माले कृषि उत्पादनमा लागत घटाउन सकिएन भने आयात अझै बढ्दै जाने बताउनु भयाे ।

कार्यक्रममा कृषिकाे बारेमा जानकारीमुलक ‘कृषि पथ’ एप्लिकेसनकाे बारेमा जानकारी गराईएकाे हाे । केयर नेपालकाे सहयाेगमा घरेलु तथा साना उद्याेग महासंघ बाकेले उक्त एप्लिकेशन सञ्चालनमा ल्याएकाे हाे । घरेलु तथा साना उद्याेग महासंघ बाकेका महासचिव जीआर भुसालले किसान, व्यापारी र उपभाेक्तालाई एउटै एप्लिकेशनमा जाेड्नेगरी ‘कृषि पथ’ एप्लिकेसन निर्माण गरिएकाे जानकारी गराउनु भयाे ।

नेपालमा करिव ९७ प्रतिशत टेलीफाेन माेवाईल प्रयाेगकर्ता रहेकाे, करिव ७४ प्रतिशत जनसंख्या ईन्टरनेटकाे पहुँचमा रहेकाे र करिव ४० प्रतिशत जनसंख्या दुवै माेवाईल र ईन्टरनेटकाे पहुचमा रहेकाेले याे सेवा सुरु गरिएकाे उहाँले बताउनु भयाे । याे एप्लिकेशन घरेलु तथा साना उद्याेग महासंघ बाकेले बनाएकाे हाे ।

यसले कृषि क्यालेण्डर, बीउ विजन र कृषि सामाग्रिकाे मूल्य, उत्पादन, सेवा वा सामाग्रि खरिद, माैषम पुर्वानुमान, कृषि उत्पादनकाे मूल्य, उत्पादन, कृषि हाट बजार लगायतका विषयबस्तुमा जानकारी दिनेछ । त्यस्तै ईन्टरनेटकाे पहुंचमा नभएकालाई लक्षित गरेर टाेल फ्रि नम्बर समेत सञ्चालन गरिएकाे उहाँले बताउनु भयाे ।

याे एप्लिकेशन शुरु भएकाे साढे १ वर्षजति भयाे भने याे अवधिमा १ कराेड १० लाख रुपैया बढीकाे काराेवार भएकाे घरेलु तथा साना उद्याेग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी गराउनु भयाे । उहाँका अनुसार याे एप्लिकेशन ४ पटक संशाेधन गरिसकिएकाे छ । त्यस्तै याे एप्लिकेशनमा १ हजार १ सय किसान जाेडिएका छन् ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग महासंघका केन्द्रीय सदस्य कनैयालाल कसाैधनले भारतमा सरकार कृषि उत्पादनमन लागत घटाउने काममा कृयाशिल रहेकाे र नेपालमा सरकारले ध्यान नदिदा किसानले उत्पादन गरेका बस्तुमा उत्पादन लागत उठाउन नसक्ने स्थितिमा रहेकाे बताउनु भयाे ।

महासंघकी कार्यवाहक प्रदेश अध्यक्ष शान्ता शर्माले एप्लिकेशनकाे प्रयाेगले किसान, उपभाेक्ता र व्यापारी तीनै पक्षले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा घरेलु तथा साना उद्याेग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुवकुमार धितालले कृषिजन्य उत्पादनकाे आयात बढिरहेकाे अवस्थामा यसले आयात प्रतिस्थापनमा सहयाेग गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का पछिल्लाे समय अनलाईन मार्केटिङकाे बिकास भएपनि गुणस्तरमा विश्वास गुमाउंदै गएकाले गुणस्तरमा ध्यान दिन आग्रह गर्नु भयाे ।

प्रकाशित मिति : शनिबार, चैत्र २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij