काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
गएको चैत १७ गतको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २४ गतेको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।

प्रकाशित मिति : मंगलबार, चैत्र २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्