समाचार र पत्रकारका विषयमा अन्तरक्रिया

समाचार र पत्रकारका विषयमा अन्तरक्रिया

 

बुटवल- नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्री मिडिया नेटवर्कको आयोजनामा प्रशासन, शुरक्षा निकाय, नागरिक समाज र पत्रकारहरुका बिचमा अन्तरक्रिया गरिएको छ । समाजमा रहेका घटनामा सञ्चार माध्यम, पत्रकार, प्रशासन, शुरक्षा निकाय र नागरिक समाजको भूमिकाको विषयमा गरिएको अन्तरक्रियामा बोल्ने बक्ताहरुले समाज परिवर्तनका लागि मिडियाले लुकेका कुराहरु बाहिर ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारले उठाएका समाज रुपान्तरणका मुद्दामा प्रशासन, शुरक्षा निकाय र नागरिक समाजले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य दिपा बिश्वकर्माले स्थानीय निर्वाचनको समयमा आस्थाका आधारमा मिडिया बिभाजित भएको बताउँदै आस्था भएपनि सहि सुचना दिन आग्रह गरिन् । उनले जनताका दैनिक जिवनयापनका मुद्दाहरुलाई नउठाएको बताउँदै बजारमा बढिरहेको महंगी र कालोबजारीको क्षेत्रमा कलम चलाउन पत्रकार र सञ्चार माध्यमलाई आग्रह गरिन् । उनले प्रदेश सरकार मिडिया मैत्री भएको दाबी गर्दै उनले सुुचना प्रवाहमा कुनै कमी नरहेको उल्लेख गर्दै आवश्यक सहकार्य गर्न तयार रहेको बताईन् ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार एवं पूर्व अध्यक्ष बिनोद पहाडीले समाजले चाहेका बिषयहरु अझै ओझेलमा परेमा बताउदै कुराहरुलाई बाहिर ल्याउन नसकिएको स्विकार्दै थप पहल गर्नुपर्ने बताए। मिडिया र नागरिक समाजले भ्रष्टाचार, असारे बिकासको बारेमा बोल्नुपर्ने बताए। मिडिया संख्यात्मक रुपमा धेरै रहेको बताउदै मिडिया उद्यमीको बारेमा कोहि नबोल्दा समस्या आएको गुनासो समेत गरे ।

मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनालले सञ्चार माध्यमले कलम चलाईरहेपनि गहिराईमा पुग्न नसकेको बताए । उनले पत्रकार महासंघले प्रकाशित समाचारहरुको बारेमा छलफल गर्नुपर्ने बताउँदै समाचारका विषयमा अझै गम्भिर बन्नुपर्ने बताए । उनले निर्वाचनका समयमा उम्मेद्वारहरु बिच मित्रबत व्यवहार रहेपनि पत्रकारका बिचमा त्यो सम्बन्ध नरहेको बताउँदै समाचार प्रकाशनमा ध्यान दिन आग्रह गरे । उनले प्रकाशित समाचारले मिडियाको शाखमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै त्यासमा ध्यान दिन आग्रह गरे । उनले आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

ईलाका प्रशासन कार्यालय बुटवलका प्रमुख पुष्कर रानाले पत्रकारहरुले अझैपनि खोजि क्षेत्रमा कममात्रै कलम चलाएको बताए । उनले यतिबेला राष्ट्रिय परिचयपत्र बितरणमा निकै गुनासा समस्याहरु आएपनि पत्रकारले त्यो तर्फ कुनै समाचार नलेखेको बताए । उनले दैनिक समस्याका मुद्दाहरुलाईउठाउनुपर्ने बताउँदै कामका प्रसेसबारे पनि जानकारी दिनुपर्ने बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि ठग बहादुर केसिले अनुसन्धानकै क्रममा रहेका कुराहरलाई अन्त्यै मोड्ने काम भईरहेको बताउँदै यसको अन्त्य हुनुपर्ने बताए । उनले केही घटना भएमा छानबिन गर्ने काम प्रहरीको भएपनि विषय मोडेर द्धन्द्धको अवस्था आईरहेको बताए । उनले निर्वाचनमा समेत प्रचार प्रसार समितिमा रहेका पत्रकारहरुबाट एकतर्फि रुपमा ‘धाधली’, ‘गृहमन्त्रीको संरक्षणमा यस्तो..’ भन्ने कुरा आएको बताउँदै आउँदा निर्वाचनमा यस्तो हुन नहुने सुझाब दिए। उनले शुरक्षा निकाय सञ्चारकर्मीलाई सुचना दिन तयार नै रहेकोेले त्यहि अनुसार सहकार्यगर्न आग्रह गरे ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले बिदेशमा जस्तो नेपाली पत्रकारहरुले कुनै सुबिधाहरु नपाएको अनुभव रहेको बताए । उनले समाचारका प्राथमिकताका आधारमा स्थान दिनुपर्ने बताए ।

रूपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष, कृष्ण पराजुलीले पत्रकारिताले दैनिक रूपमा जनताले भोगेका समस्याको बारेमा समाचार बनाउनुपर्ने भएपनि त्यो नभएको बताए । उनले मिडियाले नयाँ कुरा, भ्रष्टाचार, दुराचार,असारे विकास लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताए ।उनले व्यवसायीक क्षेत्रबाट साथ सहयोग रहने बताए ।

बुटवल उपमहानगरपालिका ४ का वडा सदस्य अरूणकुमार श्रेष्ठले जनताले भोगेका समस्यामा कलम चलाउन आग्रह गरे । उनले आवश्यक सहकार्यका लागि बुटवल तयार रहेको बताए।

राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार अधिकृत दीपक ठाकुरले आवश्यकता र समय अनुसार फरक फरक मुद्धाहरु हुने बताउँदै ति मुद्धालाई पुर्णता दिन आग्रह गरे ।

सञ्चारिका समूह रूपन्देही अध्यक्ष निरू गौतमले सबै क्षेत्रले सहि सुचना सहि समयमा हुनुपर्ने माग गरिन् । उनले यस क्षेत्रमा विट पत्रकारिता नहुदा समस्या रहेको बताउँदै उचित पारिश्रमीकको विषयमा पनि बोल्नुपर्ने बताईन् । गैरसरकारी संस्था महासंघ रूपन्देही अध्यक्ष रिमा विसिले सबै पत्रकारहरु पार्टिका पत्रकार बनेको बताउँदै खोजि समाचार लेख्ने पत्रकारहरु ओझेलमा परेको देखिएको बताईन् ।

पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले पत्रकार र मिडियाले सेल्फसेन्सरसिप गर्नुपर्ने बताए । कार्यक्रममा महासंघ रुपन्देहीका अधयक्ष रामराज पोख्रेलले फ्रि मिडिया नेटवर्कलाई अझ व्यवस्थित रुपमा अघि बढाउन निरन्तर छलफल गर्न आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन सचिव विनोद परियारले गरेका थिए ।

प्रकाशित मिति : मंगलबार, असार ७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij