बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

बुटवल ।

 

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयले नगर सभाको एघारौं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्कको अवधारणालाई सुनिश्चित गर्ने विषय प्राथमिकतामा छ ।

 

तिनाउलाई तटबन्ध गरी ड्याम निर्माण गरेर हिउँदमा पानी संकलन गरेर स्टिमर चलाउने, साँझमा आरती गर्ने गरी तिनाउ आरती केन्द्रका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम उल्लेख छ । यस्तै बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोला र बेलबास–बेथरी सडक यथाशीघ्र निर्माण र मर्मत गर्न पहल गर्ने, बुटवल वडा नंं। १४ देखि १९ ९मोतिपुर सेमलार क्षेत्र० सम्मलाई कृषि, पशुपालन, आधुनिक बसोबासको क्षेत्रका रुपमा विकास गर्दै ग्रीनसिटीमा रुपान्तरण गर्ने उल्लेख छ ।

 

यस्तै पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल मण्डपलाई गिरिजाप्रसाद कोइराला बुटवल मण्डप नामाकरण गरिने र मेयर भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार, बुटवल ७ मा प्रादेशिक बसपार्क निर्माण, बुटवल–१६ कर्साघाटमा शवदाह स्थल, बुटवल १ देखि नुवाकोटसम्म पैदलमार्ग निर्माण, नगरमा भएका स्वास्थ्य संस्थाको स्तरोन्नति,सबै वडामा स्वास्थ्य संस्था स्थापना र १५ बेडको सुविधा सम्पन्न नगर अस्पताल सञ्चालन गर्न प्रकृया अघि बढाइने उल्लेख छ ।

 

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले चुनावी संकल्पमा अघि सारेको ‘समानता, स्वाभिमान र अवसर स्बस्नयोग्य बुटवल शहर’ मूल नारालाई कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

स्वस्थ शिशुदेखि ज्येष्ठ नागरिकसम्म नगर प्रमुख कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्यका विशेष कार्यक्रम ल्याइने उल्लेख छ ।

 

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण र औषधि उपचार गर्न ‘जनतासँग नगर प्रमुख कार्यक्रम’लाई प्रभावकारी रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

यस्तै उपप्रमुख सुरक्षित मातृत्व कार्यक्रम, क्षयरोग मुक्त बुटवल अभियान, स्वस्थ जीवनशैलीका लागि योग कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।नगर क्षेत्रभित्र सार्वजनिक निजी साझेदारीमा अत्याधुनिक डाइनोस्टिक ल्याब सञ्चालन गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताललाई बुटवलमा डिप्लोमा तहको प्यारामेडिकल लगायतका विषय अध्यापन गराउन प्रकृया अघि बढाइ यसलाई यस क्षेत्रकै प्रमुख अस्पतालका रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, असार ८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij