काठमाण्डाै – नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा समितिको सचिवालयले सिफारिस सूची प्रकाशित गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले बढुवाको सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर रहनुभएको छ । त्यस्तै दोस्रोमा टेकप्रसाद राई र तेस्रोमा अशोक सिंह हुनुहुन्छ ।
त्यस्तै, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकप्रसाद तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा डीआईजीको बढुवामा सिफारिस हुनुभएको छ ।
अन्तिम अपडेट:
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्