नेकपा एसका ६ जनाले ध्यानाकर्षण पत्रमा गरेको हस्ताक्षर फिर्ता लिए

नेकपा एसका ६ जनाले ध्यानाकर्षण पत्रमा गरेको हस्ताक्षर फिर्ता लिए

काठमाण्डाै – मन्त्री हेरफेरको विरोध गर्दै ध्यानाकर्षण पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।

मन्त्रीहरू फेर्ने पार्टीकाे निर्णय नमान्ने भन्दै संसदीय दलको बैठक बोलाउन माग गरेर अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका १० जना मध्ये ६ जनाले हस्ताक्षर फिर्ता लिएका हुन् । हस्ताक्षर फिर्ता लिनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले सहित सांसदहरू धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्त र बिनादेवी बुढाथोकी रहेका छन् ।

उनीहरुले अध्यक्षलाई संयुक्त पत्र लेखेर आफूहरुले हिजो आठ बुँदे मागसहित अध्यक्ष नेपाललाई बुझाएको पत्रबाट अहिले हस्ताक्षर फिर्ता लिएको बताएका छन् ।

प्रकाशित मिति : शनिबार, असार ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij