निजगढमा कम क्षतिमा सुविधासम्पन्न विमानस्थल बनाउँछौं : प्रधानमन्त्री देउवा

निजगढमा कम क्षतिमा सुविधासम्पन्न विमानस्थल बनाउँछौं : प्रधानमन्त्री देउवा

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताउनुभएको छ ।

गठबन्धनका शीर्ष नेतासहित प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणमा बारा पुग्नुभएका प्रधानमन्त्री देउवाले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्राकृतिक श्रोतको कम क्षति हुने गरी अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताउनुभयो । दुईवटा रनवेसहितको विमानस्थल बनाइने बताउँदै प्रधानमन्त्री देउवाले कसरी कम क्षतिमा विमानस्थल बनाउन सकिन्छ भनेर विज्ञसँग छलफल भइरहेको बताउनुभयो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ विमानस्थल राष्ट्रिय गौरवको आयोजना रहेको भन्दै सर्वोच्च अदालतको फैसलाले विमानस्थल निर्माणमा रोक नलगाएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष मावधकुमार नेपालले पनि निजगढमै विमानस्थल बनाउनुपर्ने बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले विमानस्थल बनाउने बाटो खोलेको भन्दै उहाँले प्राकृतिक स्रोत साधनको कम क्षति सहित निजगढमा विमानस्थल बनाउनुपर्ने  बताउनुभयो ।

सर्वोच्च अदालतले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धी सरकारले अहिलेसम्म गरेका निर्णय विधिसम्मत नभएको भन्दै  निर्णय खारेज गरेको छ । तर फैसलामा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने कानुनी व्याख्या गर्दै शीर्ष नेताहरुले निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् ।

प्रकाशित मिति : शनिबार, असार १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij