ठुला शक्ति केन्द्रहरुको चलखेलबाट राष्ट्रलाइ जोगाउन गठबन्धन ः–गृहमन्त्री खाण

ठुला शक्ति केन्द्रहरुको चलखेलबाट राष्ट्रलाइ जोगाउन गठबन्धन ः–गृहमन्त्री खाण

 

बुटवल=गृहमन्त्री बालकृष्ण खाणले देशभित्र प्रत्यक्ष अपत्यक्ष रुपमा रहेका ठुला शक्ति केन्द्रहरुको चलखेलबाट राष्ट्रलाइ जोगाउन नेपाली काँग्रेसले बिचार नमिल्ने पार्टीहरुसंग गठबन्धन गरेको र आम निर्वाचनमा यसलाइ अझ बलियो बनाउने बताएका छन ।

नेपाली काँग्रेस रुपन्देहीले शनिबार भैरहवामा गरेको स्थानीय तहका जनप्रतिनिधिहरुको सम्मान कार्यक्रमलाइ सम्बोधन गर्दै गृहमन्त्री खाणले लोकतन्त्र र संविधानको रक्षा गर्दै राष्ट्रियताको सम्बद्र्धनकालागि काँग्रेसको भुमिकालाइ बलियो र फराकीलो बनाउनु पर्ने बताए । अधिनायकवादी बिचार र पद्यतीबाट निर्देशित राजनीतिक शक्तिलाइ हावी हुन नदिन काँग्रेसले बिचार र सिद्धान्त नमिल्ने राजनीतिक शक्तिहरुसग हातेमालो गरेको बताए । स्थानीयत तहको निर्वाचनमा दिएको साथकालागि गठबन्धनका अन्य दललाइ धन्यवाद दिदै उनले मुलुकको हित लोकतन्त्र र संविधानको रक्षा गर्दै राष्ट्रियताको सम्बद्र्धनकालागि फेरी पनि गठबन्धनका दलहरु एक भएर निर्वाचनमा होमिने बताए । फरक धुव्रका राजनीतिक दलहरुसंगको सहकार्य र सहयात्राले काँग्रेसलाइ नभइ राष्ट्र र राष्ट्रियतालाइ बलियो बनाएको उनले बताए ।

‘नेपालमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा भइरहेको शक्तिकेन्द्रहरुको चलखेलले लोकतन्त्रिक मुल्य,मान्यता र राष्ट्रियतालाइ खलबल पार्ने,संविधान र नेपाली जनताका हक अधिकारलाइ संकुचन गर्दै लोकतान्त्रिीक मुल्य मान्यतालाइ कमजोर बनाउने खतरा छ’ गृहमन्त्री खाणले भने । ‘राष्ट्रलाइ त्यो चलखेलबाट जोगाउँदै लोकतन्त्रिक मुल्य,मान्यतालाइ शंकुचन हुन नदिन बिचार नमिले पनी अन्य दलसंग गठबन्धन गरेर राष्ट्रियताको सम्बद्र्धनमा लागेका हौं’ खाणले भने ।

काँग्रेस कमजोर भए राष्ट्र,राष्ट्रियता,संविधान र नागरिक अधिकार कमजोर हुने भन्दै उनले आगामी निर्वाचनमा थप सुदृढ रणनीतिका साथ गठबन्धनलाइ अझ बलियो बनाउने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका खाँणले स्थानीय तहका जनप्रतिनिधिहरुको काम र व्यवहारका आधारमा जनताले राष्ट्रिय राजनीतिमा पार्टीलाइ मुल्याङ्कन गर्ने पनि बताए । निर्वाचित जनप्रतिनिधिहरुलाइ जनताको भावना र आवश्यकता अनुरुपका काम गर्न आग्रह गर्दै उनले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्रं. २ ले बुटवलमा गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले नेपाल असंलग्न परराष्ट नीतिबाट बाहिर गएर कुनै पनि अन्तरराष्ट्रिय सैन्य गतिविधिमा संलग्न नहुने बताएका छन् । काँग्रेस नेतृत्वको सरकारको लोकप्रियताबाट आत्तिएकाहरुले सैन्य गतिविधिमा संलग्न हुन लागेको भन्ने भ्रम फिजाएको भन्दै त्यसको खण्डन गरेका हुन ।

नेपाललाई लाभ हुने एमसीसी जस्ता परियोजना स्वीकार गरेपनि सैन्य सहभागिता सम्बन्धि कुनैपनि गतिविधिमा संलग्न नहुने कुरामा सरकार प्रष्ट रहेको भन्दै उनले नेपाल असंलग्न परराष्ट नीतिबाट बाहिर नजाने बताए । एमसीसी मार्फत विद्युत उत्पादन,रोजगारी सिर्जना र गरिबी निवारणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

मन्त्री खाँणले सिद्धार्थराजमार्गको बुटवल–पाल्पा सडक सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम आगामी आर्थिक वर्षभित्रै सुरु हुने बताएका छन् । गृहमन्त्री खाँणले सडक क्षेत्रको जोखिमका कारण कैयौले ज्यान गुमाएको र सास्ती भोग्नुपरेकाले सुरुङ मार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले आगामी आर्थिक वर्ष २०७९।०८० भित्रै निर्माणको काम सुरु हुने बताए । गृहमन्त्री खाँणले पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पनि सुरुङ मार्ग निर्माणको काम अघि बढ्ने बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिहरुलाई घोषणा पत्र र पार्टीको निर्देशन अनुसार काम गर्न आग्रह गरे । भैरहवाको कार्यक्रममा केन्द्रिय सदस्य अब्दुल रज्जाक,प्रतिनिधि सांसद प्रमोद यादव,नेता रामचन्द्र ढकाल,प्रदेश सांसद फकरुद्धिन खान,रमा अर्याल,काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाण, उपसभापती डा.अनिता शाह,बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,सचिव हरि काफ्ले,क्षेत्र नं. २ का क्षेत्रीय कार्यबाहक सभापती परशुराम ढकाल,सचिव प्रजापाल गिरी लगायतले बोल्दै जनताको भावना र काँग्रेसको नीति सिद्धान्त अनुरुप उत्कृष्ट काम गरेर जनताको मन जित्न जनप्रतिनिधिहरुलाइ आग्रह गरे । रुपन्देहीमा ५ वटा नगरपालिका सहित १० पालिकाको प्रमुख र तीन वटामा उपप्रमुख नेपाली काँग्रेसले जितेको छ । शनिबार पार्टीले ती जनप्रतिधिहरुलाइ सम्मान गरेक

 

प्रकाशित मिति : शनिबार, असार १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij