एक भारतीय युवकको तिनाउमा डुवेर मृत्यु,एक वेपत्ता

एक भारतीय युवकको तिनाउमा डुवेर मृत्यु,एक वेपत्ता

 

बुटवल

रुपन्देहीमा तिनाउ खोलाले बगाउँदा एक जना भारतीय युवकको मृत्यु भएको छ । एक जना वेपत्ता छन । पाल्पा स्थित सिद्धबाबा मन्दिर दर्शन गर्न आएका दुइ जना भारतीय युवक पौडी खेल्ने क्रममा तिनाउमा डुवेका थिए । भारतको यु.पि. दोहरिया गोखरपुरबाट ६० जनाको समृहमा उनीहरु आइतबार नेपाल घुम्न आएका थिए । समुहमै सिद्धबाबाको दर्शनकालागि गएका मध्ये केही युवा तिनाउ खोलामा पौडी खेल्न गएका थिए ।

मन्दिर दर्शन पछि पाल्पाको तिनाउ गाँउपालिका ३ झोलुङ्गे पुल स्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा दुइ जनालाइ बगाएको थियो । खोलाले बगाएका मध्ये एक जना आज (सोमबार) मृत भेटिएका छन । अर्का एक जना वेपत्ता छन । भारतको यु.पि. दोहोरिया गोरखपुरका १८ बर्षीय नन्द कुमार निसाद सोमबार मृत अवस्थामा बुटवल १९ को लाफाचौर स्थित तिनाउ किनारमा भेटिएको प्रहरीले जनाएको छ । सोही स्थानमा १८ बर्षका सनि कुमार अझै फेला परेका छैनन । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, असार २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij