सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गर्यो

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गर्यो

काठमाण्डाै – सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । आज मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले उज्यालोलाई जानकारी दिनुभयो ।

विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो । नागरिकता विधेयक पास नहुँदा लाखौँ नागरिकले नागरिकता पाउन नसकेको भन्दै विधेयक पारित गर्न चौतर्फी दबाब रहेको छ ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषय विवादमा रहेको छ । अहिले जन्मका आधारमा नेपाली नागरिकता पाएका नागरिकका सन्तानले नाग

प्रकाशित मिति : मंगलबार, असार २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij