बजेट रिपोर्टिङमा पालिकाहरुको अटेरी, बजेट पेस गरेका पालिकाले पनि ‘इन्ट्री’ गरेनन्

बजेट रिपोर्टिङमा पालिकाहरुको अटेरी, बजेट पेस गरेका पालिकाले पनि ‘इन्ट्री’ गरेनन्

काठमाण्डाै – पालिकाहरुले बजेट पेस गरे/नगरेको रिपोर्टिङ नगर्दा समस्या भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

कानुनअनुसार पालिकाहरुले असारको १० गते बजेट पेस गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्छ । यसको विवरण उनीहरुले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको ढाँचा अनुसार अनलाइनबाटै प्रविष्ट गर्नुपर्छ । तर बजेट ल्याएका पालिकाले पनि विवरण प्रविष्ट नगर्दा यकीन तथ्याङ्क निकाल्न समस्या भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

 

असारको १० गते राति मन्त्रालयले ७ सय ५३ वटै पालिकामा फोन गरेर बजेटबारे जानकारी लिएकोमा ५३ वटाले पेस गर्न नसकेको जानकारी दिएका थिए । तर बजेट ल्याएका ७ सय वटा पालिकामध्ये जम्मा ४ सय ४५ वटाले मात्रै मन्त्रालयको वेबसाइटमा प्रविष्ट गरेका छन् ।

 

३ सय ८ वटा पालिकाले बजेट ल्याएका विवरण प्रविष्ट गरेका छैनन् । सबैभन्दा धेरै गण्डकी प्रदेशका ६३ वटा पालिका अर्थात ७४ प्रतिशतले बजेट पेस गरेको विवरण प्रविष्ट गरेका छन् भने मधेस प्रदेशका ८० वटा पालिका अर्थात ५८ दशमलव ८ प्रतिशत पालिकाले बजेट पेस गरेको विवरण प्रविष्ट गरेका छैनन् ।

 

सरकारले सुशासन प्रवर्द्धन तथा बेलैमा सूचना प्रवाहको लागि धेरै प्रयास गरे पनि पालिकाहरुले अटेरी गर्दा समस्या भएको प्रवक्ता अधिकारीले बताउनुभयो । ‘आफूले गरेको काम वेबसाइटमा प्रविष्ट गर्नको लागि पालिकाहरुलाई कुनै समस्या छैन, निकै सजिलो काम हो, तर अटेरी गर्ने र रिपोर्टिङ नगर्ने गलत चलनले गर्दा सही सूचना प्रविष्ट गर्नै समस्या छ’ अधिकारीले भन्नु भयो ।

प्रकाशित मिति : शुक्रबार, असार २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij