लुम्बिनीका पाँच पत्रकारलाई प्रदेश सरकारको सम्मान

लुम्बिनीका पाँच पत्रकारलाई प्रदेश सरकारको सम्मान

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीका पाँच जना पत्रकारलाई सम्मान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलेले अग्रज पत्रकार खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान तथा सिर्जनसिल पत्रकारको रुपमा सञ्जु पौडेल, डिलाराम भुुसाल र प्रेम विकलाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।
अग्रज पत्रकार रुपन्देहीका खिमानन्द भट्टराई र स्वर्गीय विन्दुकुमार चौहान (मरणोपर्यन्त) लाई जनही ५० हजार रुपैंया नगद पुरस्कार र सम्मान पत्र सहित दोसल्ला ओढाएर मुख्यमन्त्री केसीले सम्मान गरिएको हो । त्यस्तै रुपन्देहीकी सञ्जु पौडेल, कपिलबस्तुका डिलाराम भुसाल र बर्दियाका प्रेम विकलाई पनि जनही ५० हजार नगद पुरस्कार, सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारले २० वर्ष काम गरेका अग्रज एकजना र सिर्जनसिल तीन जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पत्रकारलाई प्रत्येक वर्ष एक जना पत्रकारलाई अघिल्लो वर्षदेखि सम्मान गर्न सुरु गरेको हो ।

प्रकाशित मिति : मंगलबार, असार २८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij