काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र नेकपा एमालेकी सांसद विद्या भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ ।
संघीय संसद सचिवालयले तय गरेको कार्यतालिका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भुसाल र भट्टराईको मात्रै उम्मेदवारी परेको हो । भुसाल पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट उपसभामुखमा साझा उम्मेदवार हुन्, भने भट्टराई प्रमुख विपक्षी नेकपा एमालेकी उम्मेदवार ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एमालेको ९८, कांग्रेस ६३, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्र समेत गरी ४ जना सांसद छन् । उपसभामुखको निर्वाचन शुक्रबार दिउँसो ३ बजे हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्