सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा 

सैनामैनामा सुकुम्बासी जग्गा नापजाँच सुरु, आफ्नै कार्यकालमा लालपुर्जा वितरण गर्ने प्रतिबद्धता : मेयर फणेन्द्र शर्मा 

 

सैनामैना

रुपन्देही जिल्लाको सैनामैना नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ ।

सैनामैना नगरपालिका वडा न. १ बाट जग्गा नापजाँचको सुरुवात गरिएको छ । सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैनाका सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने प्रतिवद्द्ता व्यक्त गर्नुभयो । जनताको सुकुम्बासी समस्या समाधान गर्न संविधानता सरकारले एक पटकका लागी सबै सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने बताउनुभयो । मेयर फणेन्द्र प्रसाद शर्माले हिजो कस्ले के गरे के गरेन भन्दा पनि आफुले आफ्नै कार्यकालमा लालपुर्जा आम नागरिक एवम् सर्वसाधारणको हातहातमा थमाउने कुरा व्यक्त गर्नुभयो, आयोगले गर्ने सबै काममा आवश्यक पर्ने सहयोग र सहकार्यका लागि नगरपालिका तयार रहेको बताउँदै सबै राजनीतिकदल, जनप्रतिनिधिहरु, कर्मचारी र स्थानीय नागरिक, पत्रकारहरु सबैले भूमि समस्या समाधान गर्नका लागि भूमिका खेल्न नगर प्रमुख शर्माले आग्रह गर्नुभएको छ । एक बित्ता वा एक हातका लागि एक-आपसमा समाजमा नलड्नको लागि पनि उहाँले आग्रह गर्नुभयो । जुन ठाउँमा झैंझगडा वा आपसी मेलमिलाप हुँदैन त्यस ठाउँको जग्गा सैनामैनाको सबै जग्गा नाप जाँच गरिसकेपछि आपसि मेलामिलाप भएमा मात्र अन्त्यमा नापजाँच गर्ने कुरा बताउनुभयो

राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले जग्गा नापी गर्ने क्रममा नापी टोलीलाई सहयोग गरिदिन आग्रह गर्नुभएको छ। उहाँले भन्नुभयो, नापी सुरु भए पनि पहिलेको जस्तै धोका हुने हो कि ‘नापी त सुरु भयो तर, पहिलेको जस्तै ढिलासुस्ती गर्ने हुन कि। चुनावी नारा मात्र हुन् कि !’, भन्ने जनतामा आशंका उत्पन्न भएको होला । उहाँले संविधानले प्रदत्त गरेको अधिकारले भुमिहिन दलित , सुकुम्बासीलाई भोगचलन गरे अनुसारको जग्गा दिने भनिएको छ र एक पटकका लागि सबै सुकुम्बासीलाई जग्गाधानि लाजपुर्जा उपलब्ध गराउने छौँ ढुक्क हुनुस् ।

अध्यक्ष आचार्यले जग्गा नापजाँचमा ‘जग्गाधनी समयमा आएनन्। विवाद भयो भने काममा ढिलाई हुनसक्छ’, उहाँले भन्नुभयो, ‘अब बर्खा लाग्दै छ लगत्तै चुनाव नजिक आउदै छ। काम ढिलाभयो भने लालपुर्जा पाउने काममा पनि ढिलाई हुनसक्छ तसर्थ उहाँले कामलाई समयमा सम्पन्न गर्नको लागि जनप्रतिनिधि, राजनीतिदल, स्थानीय सबैले मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो । सैनामैना नगरपालिका लाई आफुले रुपन्देहीमा नै दोस्रो नम्बरमा पारेको कुरा पनि बताउनुभयो यसअघि नै देवदहमा जग्गा नाप जन भइसकेको कुरा पनि व्यक्त गर्नुभयो ।

 

सैनामैना नगरपालिकाकी उपप्रमुख बिना राणाले अब धेरै व्यक्तिको जग्गाको विषयमा लिएर रहेका टिका टिप्पणी उनीहरुलाई यथाशिघ्र समाधान गरी जग्गा नापजाच प्रक्रियालाई सजिलैसँग अगाडि बढाई दिनु हुनको लागि आग्रह गर्नुभयो ।

 

सैनामैना नगरपालिकाका निवर्तमान मेयर चित्र बहादुर कार्कीले यो भन्दा अगाडि नै अन्य प्रक्रियाहरु पुरा परिसकेको र अन्त्यमा जग्गा नापजाँच गर्न मात्र बाँकी रहेको कुरा खुलाउँदै अब जग्गा नापजाँच सजिलैसँग अगाडि बढ्ने कुरा पनि व्यक्त गर्नुभयो ।

 

त्यस्तै कार्यक्रममा सैनामैना नगरपालिका राजनितिक दलका प्रमुख, जनप्रतिनिधिहरु, स्थानिय संघसंस्थाका प्रमुख व्यक्तित्वहरु एवं सैनामैना नगरपालिका वडा नम्बर १ नागरिकहरूको उपस्थिति रहेको थियो ।

वडा नम्बर १ का अध्यक्ष भुवन सिंह क्षेत्रीले स्वागत गर्दै बर्सौदेखि बसोबास गर्दै आएका भुमिहिनलाई जग्गा आफ्नै नाममा गर्ने गरी काम अगाडि बढाइएकाले जग्गा नापीमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जग्गा नापीका लागि पहिलो वडा नम्बर १ छनोट गरेकोमा धन्यावाद दिदैँ आफु र जन प्रतिनिधिहरुकाे सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij