काँग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु भन्छन् – गलत कुरालाई ढाकछोप गर्नु पर्दैन

काँग्रेसबाट निर्वाचित पालिका प्रमुखहरु भन्छन् – गलत कुरालाई ढाकछोप गर्नु पर्दैन

नेपाली काँग्रेसबाट निर्वाचित रुपन्देहीका जनप्रतिनिधिहरुले स्थानीय तहबाट भएका गलत कुराहरुको ढाकछोप नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार आयोजना गरेको अन्तरसंवाद तथा बधाई कार्यक्रममा पालिका प्रमुख तथा उपप्रमुखहरुले अनियमितता तथा भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गर्दै कुनै कमीकमजोरी भए औंल्याईदिन पनि आग्रह गरेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले आफूहरु पार्टीबाट निर्वाचित भएर आए पनि साझा जनप्रतिनिधि भएको बताउँदै जनचाहना र त्यहाँको आवश्यकता अनुसार काम गर्ने बताउनु भयो । उहाँले पालिकामा कानून विपरितका कुनै काम नगर्ने बताउँदै कमीकमजोरी भएमा सत्य तथ्यमा आधारित भएर रचनात्मक आलोचना गर्न आग्रह गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका उपसभापति तथा सियारी गाउपलिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफ्नो पालिकाले गरेका गलत भए आलोचना गर्न र राम्रा कामको पनि समाचार लेखेर प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस बुटवलका सभापति तथा बुटवलका उपमहानगरापलिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको विकास र समस्यामा आफूले निरन्तर चासो दिएको बताउनुभयो । उहाँले संघीय सरकारबाट हुने सडक विस्तार, लक्ष्मीनगरको पहिरो नियन्त्रणका लागि झकझकाउने काम गरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका मेयर फणेन्द्र शर्माले जनप्रतिनिधि भइसकेपछि आफूहरुका गलत कुराहरुको ढाकछोप नगर्न आग्रह गर्दै कमिकमजोरी औल्याउँदा आँफूलाई काम गर्न सहज हुने धारणा राख्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले आँफू सहि नियतले काम गर्ने र बाधा अवरोध आए नझुक्ने दाबी गर्नुभयो । सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्यालले आफ्ना पालिकाका लुकेर रहेका समस्याहरुको पनि पहिचान गरेर समाचार बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सुचना सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीको समस्यालाई ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, जिल्ला अध्यक्ष रामराज पोखरेल, प्रेस युनियनका सल्लाकार माधव नेपाल, खिमानन्द भट्टराई, अग्रज पत्रकार विष्णु भुसाल, दामोदर खनाल, मिना ढकाल   रामबिकास चौधरी,सुदिप भण्डारी, भुवन जिसी,राम भण्डारी लगायत  बोल्दै पालिकाबाट गलत काम भएमा आलोचना गरेर कलम चलाउनु सञ्चारकर्मीको कर्तव्य भएको बताउनु भएको थियो । उहाँहरुले जनप्रतिनीधिहरुलाई आम नागरिकको प्रिय हुनेगरी राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभएको थियो ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्वमा भएको कार्यक्रम उपसभापति कबिन्द्र नेपालको सञ्चालन तथा कार्यक्रम संयोजक कमला पाण्डेको स्वागतमा भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, असार ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij