लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठकः मन्त्रालयको नाम परिवर्तन

लुम्बिनी प्रदेश मन्त्रीपरिषद् बैठकः मन्त्रालयको नाम परिवर्तन

बुटवल ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णयहरू गरेको छ । असार ३१ गते बसेको मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले मन्त्रालयको नाम परिवर्तन गर्नेदेखि सवारी चालकको दरबन्दी थप्नेसम्मको निर्णय भएको बताए ।

१३ वटा मन्त्रालयमध्ये केही नाम हेरफेर गरिएको छ । अर्थ तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, शिक्षा तथा खेलकुद र स्वास्थ्य मन्त्रालयको नामलाई विगत भन्दा छोट्याइएको छ । यसअघि कानुन महिला तथा बालबालिका मन्त्रालयमा रहेको कानुन कार्य विभाजन अनुसार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारीमा थप गरिएको छ ।

प्रवक्ता शर्माका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई २ जना हलुका सवारी चालकको अस्थायी दरबन्दी आव २०७९र८० का लागी स्वीकृत गर्ने,प्रदेशमा विद्युतीय ऊर्जाको उत्पादन, प्रसारण र वितरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृत प्रदान गर्ने, जगदीशपुर वर्ड स्याङ्चुअरी पंक्षी आरक्षण कार्ययोजनार व्यवस्थापन योजना ९२०७९।८० –२०८३।८४० स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

निर्णय सार्वजनिक गर्दै आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री एवं प्रवक्ता तिलकराम शर्माले प्रदेशलाई बलियो बनाउने भन्दा पनि संघीय राजनीतिक दल, कर्मचारीहरुले व्यवहारमा संघीयता विरोधी काम गरिरहेको बताए ।

प्रकाशित मिति : आइतबार, साउन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij