संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै

संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै

काठमाण्डाै – संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बैठकले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिँदैछ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बसेको बैठकले सोधपुछका लागि उहाँलाई आज बोलाउने निर्णय गरेको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिएको छ ।

सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा पनि छलफल भएको बताउनुभयो । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय भोलिसम्म मात्रै बाँकी छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : बिहिबार, साउन ५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij