लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समितिको सभापतिमा विष्णु पन्थी

लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समितिको सभापतिमा विष्णु पन्थी

लुम्बिनी प्रदेशसभा सार्बजनिक लेखा समिति सभापतिमा प्रदेश सभा सदस्य विष्णु पन्थी सर्बसहमत रुपमा निर्वाचित भएका छन् ।

लुम्विनी प्रदेश सभाले लामो समयसम्मको रिक्तता पछि पछि सार्वजनिक लेखा समितीको सभापतिमा पन्थीलाई निर्वाचित गरेको हो । पन्थी नेकपा एमाले केन्द्रीय लेखा आयोगका उपाध्यक्ष समेत हुन् । सो समितिको निर्वाचनका लागि उनको एकल उम्मेद्धारी परेको बताइएको छ ।

प्रदेश सभाको म्याद करिव ५ महिना मात्र वाँकी रहदा सासंद पन्थी सार्वजनिक लेखा समितीको सभापतिमा निर्वाचित भएका छन् ।

संसदीय परम्परा अनुसार प्रतिपक्षिदलले सार्वजनिक लेखा समितीको सभापति पाउने चलन रहेपनि तत्कालिन रुपमा कांग्रेस सांसद डिल्ली चौधरी मन्त्रीम नियुक्त भएसंगै यो पद १ वर्ष देखि रिक्त थियो । उक्त समितीको सदस्यहरुमा भोज प्रसाद श्रेष्ठ, बिमला पन्थी धनकली चौधरी रामजी घिमिरे, रेवती रमण शर्मा, बैजनाथ कलवार रमा अर्याल पार्वती पुन गहतराज गिता थापा सदस्य छन्।

यसबाहेक प्रदेश सभाका अन्य संसदीय विषयगत समितिको पनि पूर्णत दिइएको छ । जस अन्तरगत यस्तै, एमाले सांसद जाल्पा भुसाल कृषि, वन तथा वातावरण समितिको सभापति, एमालेकै बाबुराम गौतम सामाजिक विकास समितिको सभापति बनेका छन् । यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिको सभापतिमा जनमोर्चाकी तारा जिसी चयन भएकी छन् ।

प्रदेशसभाका ६ विषयगत समितिमध्ये एमालेले ४, माओवादीले एक र जनमोर्चाले एक समितिको नेतृत्व पाएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij