मुग्लिन–नारायणगढ सडक १६ घण्टादेखि बन्द, भोक–तिर्खा र गर्मीले यात्रु हैरान

मुग्लिन–नारायणगढ सडक १६ घण्टादेखि बन्द, भोक–तिर्खा र गर्मीले यात्रु हैरान

काठमाण्डाै – पहिरोका कारण गए राति ११ बजेदेखि बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड अझै खुलेको छैन । पहिरो पन्छाउने काम भइरहे पनि आज बेलुकीअघि सडक खुलाउन सकिने सम्भावना कम रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो ।

भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरो पन्छाइएको छ । भरतपुर महानगरपालिका २९ मा पर्नेे केराबारी र मुग्लिन नजिक घोप्टेखोलाको पहिरो पन्छाउन बाँकी रहेको डीएसपी अधिकारीले बताउनुभयो ।

गए रातिदेखि नै सडक बन्द भएकाले यो सडक खण्डमा गाडीको लामो लाइन छ । रातिदेखि नै रोकिएका यात्रुहरू भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य छन् ।

यस्तै नौबिसे–मुग्लिन सडक खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक बन्द भएकाले यो सडक हुँदै चल्ने गाडीलाई बिहानैदेखि नाका–नाकामा रोकिएको छ । काठमाण्डौदेखि छुट्ने गाडी नागढुङ्गा, थानकोट, कलङ्कीलगायत ठाउँमा रोकेर राखिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पहिरो नहटेसम्म यो सडक खण्डको यात्रामा ननिस्कन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij