कपिलवस्तुमा लागू औषधसहित तीन जना पक्राउ

कपिलवस्तुमा लागू औषधसहित तीन जना पक्राउ

तौलिहवा ।
लागू औषधसहित कपिलवस्तुमा तीन जना पुरुष पक्राउ परेका छन् । कपिलस्तु प्रहरीले जिल्लाको शुद्धोधन गाउँपालिका ५ हथिहवाको भारतिय सिमा नाकाबाट आउँदै गरेको वा १३ च १७२० नं.को कारलाई चेकजाँच गर्ने क्रममा ती कारोबारी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थनगर नगरपालिका ११ भुजौलीका ५८ बर्षीय दुर्गा कुर्मी, मायादेबी गाँउपालिका ६ खजुरीयाका ४० बर्षीय पम्पु कहार र सिद्धार्थनगर नगरपालिका एयरपोर्ट बस्ने ४८ बर्षीय सवारी चालक रमेश महर्जन रहेको प्रहरी नायव उपरिक्षक जेशी शाहले बताए ।

उनीहरुको साथबाट लुकाई छिपाई राखेको अवस्थामा विन्डलस् लेखेको निलो ४ क्याप्सुल, २४ पिस ब्याप्सुल, १० नं. लेखेको सेतो खुल्ला अवस्थामा रहेको ३० ट्याब्लेट र विन्डलस् लेखेको १०० एम एलको बोत्तल फेला परेको प्रहरी नायव उपरिक्षक शाहले जनाए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, साउन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij