काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको आज शुक्रवार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ता आह्वान गर्ने निर्णयअनुसार आउँदाे आइतवारदेखि दल दर्ता आह्वान गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगमा अहिलेसम्म एक सय १६ वटा राजनीतिक दल दर्ता भएका छन् । आयोगमा दर्ता भएका दलहरूले पनि चुनावको प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ ।
सरकारले हिजो बिहीवार आउँदो मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तोकेको छ । चुनावको मिति घोषणासँगै आजदेखि मतादाता नामावली सङ्कलन कार्य बन्द गरेर चुनावको तयारी तीव्र बनाएको आयोगले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्