लुम्बिनी प्रदेश सभाको कृषि,वन तथा वातावरण समितिले प्रदेशका सबै जिल्लाकाे अनुगमन गर्ने

लुम्बिनी प्रदेश सभाको कृषि,वन तथा वातावरण समितिले प्रदेशका सबै जिल्लाकाे अनुगमन गर्ने

बुटवल,

लुम्बिनी प्रदेश सभाको कृषि,वन तथा वातावरण समितिलेलुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालय अन्तरगतका निर्देशनालय तथा जिल्ला तहका कार्यालयका प्रमुखहरू संग वन तथा वातावरण संरक्षण,संवर्द्धन,सदुपयोग तथा बन्यजन्तुको दृन्द न्यूनिकरण सम्वन्धी, विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएकाे छ ।
आज बसेकाे समितिकाे बैठकमा वन तथा वातावरण मन्त्रालयको गत आ.व. २०७८।०७९ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको कार्यान्वयन (वार्षिक लक्ष्य प्रगती ) विषयमा छलफल पछि समितिले उक्त निर्देशन दिएको हो ।
समितिका सभापति जाल्पा भुसालको सभापतित्वमा बसेकाे बैठकमा समिति सदस्य समेत रहेकी पुर्व मन्त्री आरती पाैडेल,
समिति सदस्य अष्टभुजा पाठक,कुल प्रसाद पाेखरेल,दीपेन्द्र कुमार पुन,कबिराम थारू,लाैटी थारूले जंगलमा काठ कुहिएर जाने,बिदेशबाट अर्बौंकाे काठ आयात भएको भन्दै स्वदेशी काठ उपयोग गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जाेड दिएका थिए ।

बैठकले कृषि वन तथा वातावरण समितिको क्षेत्रधिकार भित्र पर्ने निकायहरूको आ.व.२०७८।०७९ मा सम्पादित कार्यक्रमको २०७९ भाद्र महिनाको पहिलो हप्ता भित्र दुइ वटा टोली बनाई अनुगमन गर्ने निर्णय गरेको समिति सभापति जाल्पा भुसालले जानकारी दिइन् ।

प्रकाशित मिति : सोमबार, साउन २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij