काठमाडौं।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको छ। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रयोजनका लागि एमालेले मंगलबार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो।
दल दर्ताका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा। राजन भट्टराई र कृष्णगोपाल श्रेष्ठलगायत नेताहरु निर्वाचन आयोगमा पुग्नुभएको थियो।
आयोगमा पत्रकारसँग कुरा गर्नु हुँदै एमाले महासचिव शंकर पोखरेलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्ने सत्तारुढ दलको निर्णय अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ। आयोगमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचनमा बहुमत कुनै दलले ल्याउन नसकेको अवस्थामा सरकार निर्माणका लागि गठबन्धन गरेर जाने कुरा लोकतन्त्रमा स्वीकार्य भए पनि चुनावमा गठबन्धन गरेर जाने कुरा नहुने उहाँले प्रष्ट पार्नुभयो।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनसँग कुनै नीति, उद्देश्य र लक्ष्य नभएकाले आफ्नो स्वार्थको लागि जे गर्न पनि तयार हुने गरेको आरोपसमेत लगाउनुभयो।
उहाँले एमालेले पार्टीको नीतिसँग सहमत हुने दलसँग मात्र तालमेल गर्ने बताउनुभयो। ‘‘नेकपा एमाले आफ्नो नीतिको आधारमा अघि बढछ। आफ्नो नीतिसँग सहमत हुनेहरुसँग चुनावी तालमेल गर्छ। आफ्नो नीतिलाई छोडेर कुनै पनि प्रकारको गठबन्धनको पक्षमा एमाले छैन’’, उहाँले भन्नुभयो।
महासचिव पोखरेलले एमालेले आफ्नो नीति छोडेर कुनै पनि खालको चुनावी गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट पार्नुभयो।
प्रकाशित मिति : मंगलबार, साउन २४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्