प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ७६ दल दर्ता

काठमाडौँ ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनकालागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएका हुन् ।

आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेको थियो । त्यसअनुसार ७६ वटा दल दर्ता भएका आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । अहिले ५ बजेसम्म ७६ वटा दल दर्ता भएका छन्,’ प्रवक्ता पौडेलले भने ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैचरणमा गर्ने घोषणा गरेको छ भने त्यहीअनुसार आयोगले तयारी गरिरहेको छ ।

प्रकाशित मिति : मंगलबार, साउन ३१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij